PahiloPost

Jun 24, 2026 | १० असार २०८३

लण्डन फिल्म फेस्टिभलमा गणेश पाण्डे निर्देशित डकुमेन्ट्री ‘सहायक श्रीमान’ छनोट



पहिलोपोस्ट

लण्डन फिल्म फेस्टिभलमा गणेश पाण्डे निर्देशित डकुमेन्ट्री ‘सहायक श्रीमान’ छनोट

काठमाडौं : बहुपति प्रथाको विषयमा बनेको वृत्तचित्र फिल्म ‘को हजबेन्ड (सहायक श्रीमान्) बेलायतको महोत्सवमा छनोट भएको छ। यो डकुमेन्ट्री बेलायतको लण्डन माउन्टेन फिल्म महोत्सवमा छनोट भएको निर्देशक पाण्डेले जानकारी दिएका छन्।

‘बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म सहायक श्रीमान आज बेलायतको लण्डन माउण्डेन फिल्म महोत्सवमा छनोट भएकोमा खुसी छु,’ पाण्डेले फेसबुकमा लेखेका छन्।

यसअघि, पनि यस डकुमेन्ट्रीले अन्तर्राष्ट्रिय स्तरमा थुप्रै अवार्डहरु जितिसकेको छ। ३५ मिनेट लामो उक्त डकुमेन्ट्रीलाई शारदा गैरेले निर्माण गरेकी हुन्।

कर्णाली प्रदेशको हुम्लाको भरगाँउमा छायाङ्ककन गरिएको यस डकुमेन्ट्री फिल्ममा जेठो दाजुलाई मुख्य श्रीमान र भाइहरुलाई सहायक श्रीमानको रुपमा देखाइएको छ। डकुमेन्ट्रीले हुम्ला, डोल्पा लगायतका हिमाली क्षेत्रमा रहिआएको बहुपति प्रथाको यथार्थलाई चित्रण गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell