PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सुदूरपश्चिममा सरकार गठनका लागि आह्वान



पहिलोपोस्ट

सुदूरपश्चिममा सरकार गठनका लागि आह्वान
फाइल फोटो

काठमाडौं : सुदूरपश्चिम प्रदेश प्रमुखले प्रदेश सरकार गठनको आह्वान गरेका छन्। प्रदेश प्रमुख देवराज जोशीले एक हप्ताभित्र सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा कुनै पनि दलको स्पष्ट बहमुत नआएकोले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी गर्न प्रमुख प्रमुख जोशीले आग्रह गरेका हुन्। ‘सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/०९/२७ गते बुधबार बेलुका ५:०० बजे भित्र दाबी पेस गर्न आह्वान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

५३ सदस्यीय सांसद रहेको सूदुरपश्चिममा कांग्रेस १९ सिटसहित पहिलो दल रहेको छ। यसैगरी माओवादीको ११, एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, एकीकृत समाजवादीको ४, स्वतन्त्रको १ र राप्रपाको १ सिट रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell