PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

भिरबाट लडेर जुम्लामा एक महिलाको मृत्यु



रासस

भिरबाट लडेर जुम्लामा एक महिलाको मृत्यु

जुम्ला : जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

तिला गाउँपालिका-६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।

मंगलवार दिउँसो घरबाट दाउरा सङ्कलन गर्न जङ्गल जाँदा भिरबाट लडेर घाइते भएको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell