PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा शाह चयन



पहिलोपोस्ट

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा शाह चयन

धनगढी : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीयल दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन्। बुधवार भएको संसदीय दलको निर्वाचनमा शाहको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य सुरत रावतले बताए।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट प्रत्यक्ष निर्वाचित शाहका प्रस्तावकमा बहादुर सिंह थापा थिए भने समर्थक प्रकाश देउवा। दुबैले साथ दिएपछि शाह सर्वसम्मत निर्वाचित भएका हुन्।

संसदीय दलको नेतामा शाहसँगै थापा, दिवानसिंह विष्ट, शिवराज भट्ट, देउवा, मानबहादुर रावल र मेघराज खड्का आकांक्षी थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell