PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

मधुसुधन भट्टराईको निर्देशनमा बन्ने नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित



पहिलोपोस्ट

मधुसुधन भट्टराईको निर्देशनमा बन्ने नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित

काठमाडौं : गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘डिसेम्बर फल्स’ बक्सअफिसमा कमजोर सावित भएको छ। यसै फिल्ममार्फत तीनवर्षपछि पर्दामा देखिएका आर्यन सिग्देलको जादु चल्न सकिरहेको छैन।

यसैबिच, आर्यन नयाँ फिल्ममा अनुबन्धित भएका छन्। मधुसुधन भट्टराईको निर्देशनमा बन्ने फिल्ममा आर्यन मुख्य भूमिकामा देखिनेछन्। फिल्मको नाम भने जुरिसकेको छैन।

निर्माण टिम र आर्यनबिच बुधवार लिखित सम्झौतामा हस्ताक्षर भएको हो। मधुसुधनले यसअघि ‘ब्ल्याकमेल’, ‘ब्ल्याकनाइट’, ‘निर्भय’ र ‘सुकुलगुण्डा’ निर्देशन गरिसकेका छन्।

पत्रकार लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको कथा ग्रामिण क्षेत्रको सुख-दु:खमा आधारित हुनेछ। फिल्मको छायाङ्कन भने फागुन पहिलो साताबाट सुरु हुनेछ। यस फिल्ममा केही दिनअघि मुकुन भुषाल पनि अनुबन्धित भइसकेका छन्। फिल्मका बाँकी कलाकार छिट्टै टुंगो लगाइने निर्माण टिमको योजना छ।

आर्यनले केही महिनाअघि फिल्म ‘सायरा’को लागि समेत साइन गरिसकेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell