PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनमा रहेका कार्यकक्षको अवलोकन

प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनमा रहेका कार्यकक्षको अवलोकन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेका कार्यकक्षको अवलोकन गरेका छन्।

प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौँ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निक्षण तथा अवलोकन गरेका छन्।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले भवनको छतमा पुगेर सिंहदरबारस्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गरे।

मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद् भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिरकल्पना गरिएका संरचनाका बारेमा विस्तृत जानकारी दिएका थिए।

फोटोहरु : प्रधानमन्त्रीको सचिवालय।



ट्रेन्डिङ पोस्ट

Ncell