PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अवसर केन्द्रित नयाँ गठबन्धनको आयु लामो देख्दिनँ : कांग्रेस प्रवक्ता महत



पहिलोपोस्ट

अवसर केन्द्रित नयाँ गठबन्धनको आयु लामो देख्दिनँ : कांग्रेस प्रवक्ता महत
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिले बनेको गठबन्धन विशुद्ध अवर केन्द्रित भएको आरोप लगाएका छन्।

आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको गठबन्धन पद प्राप्तिको लागि मात्र भएको प्रवक्ता महतले आरोप लगाएका हुन्। अवसरको लागि एकजुट भएको गठबन्धन भएकाले यसको आयु छोटो समेत हुनसक्ने उनले आशंका व्यक्त गरे।

गठबन्धनले निरन्तरता नपाएको कांग्रेसको कारणले नभएर पुष्पकमल दाहालको कारणले टुटेको समेत उनले बताए। प्रचण्डले किन गठबन्धन तोडे भन्ने विषयमा आगामी दिनमा विश्लेषण गर्ने समेत उनले बताए।

आफ्नो पार्टी वैकल्पिक गठबन्धन बनाएर सरकारमा जाने सोचमा नभएकाले पनि नयाँ गठबन्धन नबनाएको उनको भनाइ थियो।

‘विरोधाभाषपूर्ण रुपमा गठबन्धन बनेको छ। विपरित लक्ष्यहरु छन्। पदको लागि प्रतिस्पर्धा छ। त्यसको आधारमा मैले आशंका व्यक्त गरेको हुँ,’ प्रवक्ता महतले भने।

अहिले बनेको गठबन्धन राजतन्त्र चाहिनेदेखि गणतन्त्र चाहिने तथा संघीयता चाहिने र नचाहिनेबिचको गठबन्ध भएकाले पनि चाँडै नै टुट्ने उनले आशंका व्यक्त गरे। त्यस्तै, उनले सरकार अहिले ‘कन्टेन्ट’मा भन्दा देखाउने कुरामा लागेको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell