PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

कांग्रेस प्रतिपक्षमा बसेर एक्लै बहुमत ल्याउने तयारीमा लाग्छ, प्रचण्डलाई विश्वासको मत दिँदैनौँ : प्रवक्ता महत



पहिलोपोस्ट

कांग्रेस प्रतिपक्षमा बसेर एक्लै बहुमत ल्याउने तयारीमा लाग्छ, प्रचण्डलाई विश्वासको मत दिँदैनौँ : प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसले विश्वासको मत नदिने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले २६ गते प्रचण्डलाई विश्वासको मत नदिने बताएका हुन्।

सो क्रममा महतले कांग्रेस प्रतिपक्षमा बसेर एक्लै बहुमत ल्याउने तयारीमा लाग्ने बताए। सानो पार्टीको बागडोरमा रहनुपर्ने निर्वाचन प्रणालीलाई आफूहरुले बहसको विषय बनाउने उनको भनाइ थियो।

हालको अवस्थामा ‘सेट ब्याक’ भएजस्तो भएपनि आफूहरु अवसर निर्माण गर्न तर्फ लाग्ने उनले बातए। केन्द्रीय समितिमा कांग्रेस गठबन्धन कायम किन भएन भन्नेबारेमा बृहत् समीक्षा हुने प्रवक्ता महतले बताए।

भ्रातृ संगठन केन्द्रीय समितिलगत्तै पूर्ण गर्न सभापति देउवाले भनिसकेको उनले जानकारी दिए।

आफूहरु सशक्त प्रतिपक्षको भूमिकामा हुने भन्दै उनले तोडफोडमा नउत्रने बताए। ठूलो दल भएकोले आफूहरुको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

‘प्रतिकूल अवस्थामा कांग्रेस गठबन्धन बनेको हो। निर्वाचनको बेला पनि गठबन्धन टुटाउने प्रयास भएको थियो। देउवाको ठाउँमा अरु भएको भए के हुन्थ्यो अहिले भन्नेबारे अहिले नै भन्न सकिन्न,’ उनले भने, ‘केन्द्रीय सम्पादन समितिको निर्णय नै कांग्रेसले सरकारको नेतृत्व गर्ने भन्ने थियो।’

बालुवाटारमा पुस १० गते भनाभन भएको भन्ने कुरा सरासर कपोलकल्पित भएको उनले स्पष्ट पारे। कथा सिर्जना गर्न सक्नेहरुबाट यो कुरा आएको उनले बाताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell