PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

‘रोमियो एण्ड जुलियट’का स्टारले पारामाउन्ट पिक्चर्सविरुद्ध हाले मुद्दा, १९६८ को फिल्ममा नग्न दृश्य खिच्न बाध्य बनाएको आरोप



पहिलोपोस्ट

‘रोमियो एण्ड जुलियट’का स्टारले पारामाउन्ट पिक्चर्सविरुद्ध हाले मुद्दा, १९६८ को फिल्ममा नग्न दृश्य खिच्न बाध्य बनाएको आरोप

हलिउड फिल्म ‘रोमियो एण्ड जुलियट’का स्टारहरूले आफ्नो नग्न दृश्यलाई लिएर पारामाउन्ट पिक्चर्समाथि यौन दुर्व्यवहारको मुद्दा दायर गरेका छन्। फिल्मका मुख्य कलाकार लियोनार्ड ह्वाइटिङ र ओलिभिया हसीले अमेरिकाको स्यान्टा मोनिकास्थित अदालतमा पुगेर मुद्दा दर्ता गरेका हुन्।

आफूहरुलाई यौन शोषण गरेको र किशोर व्यक्तिको नग्न तस्विर छापेको उनीहरुको आरोप छ। ह्वाइटिङ र हसी यो फिल्म बनाउँदा किशोरावस्थामा थिए। आफूहरुलाई यस फिल्मका निर्देशक फ्रान्को जेफिरेलीले नग्न दृश्यहरु गर्न प्रोत्साहन गरेको उनीहरुको आरोप छ। तर, निर्देशक जेफिरेलीको भने अहिले निधन भइसकेको छ।

सन् १९६८ मा रिलिज भएको यो फिल्म बक्सअफिसमा निकै हिट भएको थियो। साथै, फिल्मले अस्कर अवार्ड समेत जितेको थियो। पहिले पनि शयनकक्षको एक दृश्यले यस फिल्मलाई विवादमा तानेको थियो। जसमा ह्वाइटिङको नितम्ब र हसीको नांगो स्तनका दृश्य समावेश थिए।

यस मुद्दाको बारेमा निर्माण कम्पनी पारामाउन्ट पिक्चर्सले भने कुनै प्रतिक्रिया दिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell