PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

प्रधानमन्त्री प्रचण्ड र युरोपेली सङ्घकी राजदूत नोना डिप्रेजबिच शिष्टाचार भेटवार्ता



रासस

प्रधानमन्त्री प्रचण्ड र युरोपेली सङ्घकी राजदूत नोना डिप्रेजबिच शिष्टाचार भेटवार्ता
फोटो : रासस।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले आज शिष्टाचार भेटवार्ता गरेकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उनीहरुबिच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै, आजै प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भान क्याप्लरले पनि शिष्टाचार भेट गरेकी छन्। सो क्रममा उनीहरुबिच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell