PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी



पहिलोपोस्ट

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी
फोटो : प्रधानमन्त्रीको सचिवलय।

काठमाडौं : सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम एवं सरकार विस्तार, विश्वासको मतलगायतका विषयमा छलफल जारी छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell