PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

धनुखधारी दासको हत्यामा आफ्नै छोरा र ज्वाइँको संलग्नता!



पहिलोपोस्ट

धनुखधारी दासको हत्यामा आफ्नै छोरा र ज्वाइँको संलग्नता!

जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धनुखधारी दासको हत्यामा उनकै छोरा र ज्वाइँको संलग्नता रहेको पाइएको छ।

५० वर्षीय मोटर मिस्त्री दासको गत पुस ९ गते शनिबार साँझ आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो।

दासको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले उनका जेठा छोरा र ज्वाइँसहित ३ जनालाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

दासको हत्यामा संलग्न रहेको आरोपमा दासका छोरा २१ वर्षीय प्रदीप दास, महोत्तरीको पिपरा गाँउपालिका वडा नम्बर–५ सहोडवा बस्ने प्रहरी प्रधान कार्यालय सवारी महाशाखा प्राविधिक नक्शालमा दरवन्दी भई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत प्रहरी हवल्दार पदमा कार्यरत ३४ वर्षीय ज्वाइँ उदय दास र नगराइन नगरपालिका–२ जटहीका सुटर २१ वर्षीय रञ्जित यादवलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ।

तीनैजनालाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको थियो। घटनामा संलग्न अन्य व्यक्तिहरु अझै फरार रहेको र उनीहरुको खोजी भइरहेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

घरमा सम्पत्तिको विवाद चलिरहेको र सोही कारण छोरा र ज्वाइँ मिलेर उनको हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए।

छोरा प्रदीपले नै ५ लाख रुपैयाँमा सुटरसँग डिल गरेर हत्या गराउन लगाएको कुरा अनुसन्धानको क्रममा खुलेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell