PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

टोटेनहमको फराकिलो जित, बराबरीमा रोकिए लिड्स र वेस्ट हम



पहिलोपोस्ट

टोटेनहमको फराकिलो जित, बराबरीमा रोकिए लिड्स र वेस्ट हम
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले क्रिस्टल प्यालेसलाई हराएको छ। सेलहर्स्ट पार्क स्टेडियममा सम्पन्न खेलमा टोटेनहमले घरेलु टोलीमाथि ४-० गोलको फराकिलो जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४८ औं मिनेटमा इभान पेरिसिचको पासमा गोल गर्दै ह्यारी केनले टोटेनहमलाई अग्रता दिलाएका थिए। त्यस्तै ब्रायन गिलको पासमा ५३ औं मिनेटमा उनैले गोल गर्दै अग्रता दोब्बर बनाए।

त्यस्तै टोटेनहमको तेस्रो गोल म्याट डोहेर्टीले ६८ औं मिनेटमा गर्दा ७२ औं मिनेटमा सन ह्युङ मिनले गोल गरे। योसँगै प्रिमियर लिगको पछिल्लो दुई खेलमा जित निकाल्न नसकेको टोटेनहमले सानदार पुनरागमन गरेको छ।

जितसँगै टोटेनहम १० खेलबाट ३३ अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा छ। २२ अंक जोडेको क्रिस्टल प्यालेस तालिकाको १७ खेलबाट २२ अंक जोडेर ११ औं स्थानमा छ।

गएराति नै सम्पन्न अन्य खेलमा लिड्स युनाइटेड र वेस्टहम २-२ गोलको बराबरीमा रोकिँदा नटिङ्घम फरेस्टले साउथह्याम्टनलाई ०-१ गोलअन्तरले हरायो। त्यस्तै एस्टोन भिल्ला र उल्भ्स १-१ गोलको बराबरीमा रोकिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell