PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

शेखर गगन समूहको भेला बस्दै



पहिलोपोस्ट

शेखर गगन समूहको भेला बस्दै
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दैछ। डा शेखर कोइराला, महामन्त्री गगन थापा पक्षले केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने भन्ने विषयमा तयारीका लागि बैठक डाकेका हुन्।

भोलिका लागि डाकिएको केन्द्रीय समिति भने २८ गतेका लागि सारिएको छ। पार्टी सभापति शेरबहादुर देउवाका कारण ठुलो पार्टी बन्दा पनि कांग्रेसले सत्ता गुमाएको संस्थापनइतरले आरोप लगाउँदै आएको छ। गठबन्धन जोगाउन नसक्दा कांग्रेस प्रतिपक्षमा पुगेको हो।

संस्थापनइतरका नेताहरु डा शेखर, गगन चुनावमा माओवादीसँग गठबन्धन गर्न नहुने पक्षमा उभिएका थिए। यद्यपि कांग्रेस केन्द्रीय समितिले गठबन्धन गरेरै जाने निर्णय गरेको थियो। यसै विषयमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेस सांसदसमेत रहेको केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन्। बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आज दिउँसो १ बजे बस्ने कार्यतालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell