PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

सन्दीप लामिछानेको पुनरावेदन पेशी आज पनि स्थगित



पहिलोपोस्ट

सन्दीप लामिछानेको पुनरावेदन पेशी आज पनि स्थगित

काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेशी आज स्थगित भएको छ। न्यायधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारी इजलासमा पेशी चढेको थियो। तर निवेदकका वकिलका तर्फबाट पेशी स्थगित गरिएको हो।

यसअघि पुस १४ गते तोकिएको पेशी हेर्न नभ्याउने भन्दै आजलाई सारिएको थियो।

जिल्ला अदालत काठमाडौंको आदेश सदर भएमा उनी जेलमा नै बस्ने छन्। जिल्ला अदालत काठमाडौंले पीडित किशोरीको उमेरको लागि अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र मगाउन आदेश दिएको थियो।

गत कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण भएपछि पक्राउ परेका हुन्।

१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell