PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सवारीसाधनमा एउटै चिपले काम गर्ने प्रविधि विकास, गाडीको मूल्य सस्तिने अनुमान



पहिलोपोस्ट

सवारीसाधनमा एउटै चिपले काम गर्ने प्रविधि विकास, गाडीको मूल्य सस्तिने अनुमान
Photo : Qualcomm

काठमाडौं : सवारीसाधनमा दुईवटा चिप प्रयोग हुँदै आएकोमा अब एउटै प्रयोग गर्दा हुने प्रणाली विकास भएको छ। हाल एउटा चिप ड्राइभिङका लागि र अर्को चिप इन्टरटेन्मेन्ट वा इन्फोटेनमेन्टका लागि छुट्टाछुट्टै प्रयोग हुँदै आएको छ। अब भने एउटै चिपले दुबै काम गर्ने गरि प्रविधिको विकास गरिएको हो।

विश्व बजारमा चिप निर्मता क्वालकमले यस्तो चिपको निर्माण गरेको हो। मोबाइल चिप निर्माता क्वालकम टेक्नोलोजीज इंकले बुधबार स्न्यापड्रागन राइड फ्लेक्स एसओसी नामक कारको लागि प्रोसेसर चिपको सार्वजनिक गरेको छ। जसले मनोरञ्जन लगायतका दुबै सहायक ड्राइभिङ र ककपिट प्रणालीहरू 'ह्यान्डल' गर्दछ।

यसले गाडी निर्माणको लागत समेत घटाउन सहयोग गर्ने क्वालकमका अटोमोटिभ प्रमुख नकुल दुग्गलले बताए। ‘यसभन्दा अघि फरकफरक चिप हाल्दा गाडी निर्माणको लागत बढ्न जान्थ्यो तर अब एउटै मात्र चिप हाल्दा लागत कम हुन जान्छ,’ उनले भने, ‘यसले गाडीको मूल्यमा पनि केही कमी ल्याउनेछ।’

क्वालकमले हालैका वर्षहरूमा निरन्तर रूपमा आफ्नो अटोमोटिभ व्यवसायको निर्माण गरिरहेको छ। सेप्टेम्बरमा यसले आफ्नो अटोमोटिभ व्यवसाय पाइपलाइनमा रहेका योजनाहरुको लागि ३० अर्ब डलर लगानी बढाएको छ।

इलेक्ट्रिक गाडी र कारहरूमा बढ्दो स्वचालित सुविधाहरू प्रयोग गर्न थालेका छन्। अटोमेकरहरूले प्रयोग गर्ने चिपहरूको संख्या बढ्दै गएको छ र अटोमोटिभ बजार चिप निर्माताहरूका लागि प्रमुख वृद्धि क्षेत्र भएको छ।

कम्पनीका अनुसार यो चिप अर्को वर्षबाट व्यावसायिक रुपमा विश्व बजारमा उपलब्ध हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell