PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

राष्ट्रिय सभाको रिक्त एक स्थानमा माघ २५ गते उपनिर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय



पहिलोपोस्ट

राष्ट्रिय सभाको रिक्त एक स्थानमा माघ २५ गते उपनिर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ। बिहीवारको बैठकले उप निर्वाचनबारे निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

राष्ट्रिय सभामा रिक्त रहेको एक सिटका लागि उपनिर्वाचन हुन लागेको हो। रुपन्देही-५ बाट प्रतिनिधि सभाको उम्मेदवारी दिएपछि एमालेका नेता खिमलाल भट्टराईको राष्ट्रिय सभाको पद गएको थियो। तर उनको उम्मेदवारी निर्वाचन आयोगले स्वीकृत भने गरेन। उक्त क्षेत्रमा एमालेकै बासुदेव घिमिरेको उम्मेदवारी कायम भएको थियो। 

निर्वाचन आयोगको टोलीले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय सभा निर्वाचनबारे सरकारलाई परामर्श दिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell