PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

लुम्बिनीमा एक हप्ताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान



पहिलोपोस्ट

लुम्बिनीमा एक हप्ताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान
फाइल फोटो

बुटवल : लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनीमा एक हप्ताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै शेरचनले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्।

लुम्बिनीमा कुनै दलले बहुमत नल्याएकोले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्ने हुन्छ। ‘नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम लुम्बिनी प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २०७९ पुष २७ गते बुधबार अपरान्हः ४:०० बजे भित्र प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षर सहित दावी पेश गर्न आह्ववान् गर्नु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशन गरिएको छ,’ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा एमाले २९ सिटसहित पहिलो दल बनेको छ। प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छन्। यहाँ कांग्रेसको २७ सिट, माओवादीको ९, नागरिक उन्मुक्तिको ४, जसपाको ३, जनमत पार्टीको ३, स्वतन्त्रको ३, एकीकृत समाजवादीको १ र जनमोर्चाको १ सिट रहेको छ। यसअघि पुस १७ गते सांसदहरूको शपथग्रहण तथा १८ गते प्रदेशसभा अधिवेशन सुरु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell