PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

कीर्तिपुरमा जारी टी २० क्रिकेटमा सट्टेबाजी खेलाउने भारतीय युवक पक्राउ



पहिलोपोस्ट

कीर्तिपुरमा जारी टी २० क्रिकेटमा सट्टेबाजी खेलाउने भारतीय युवक पक्राउ

काठमाडौं : सट्टेबाजी खेलाएको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टी २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन बेटिङमार्फत सट्टेबाजी खेलाएको अभियोगमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमारलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पुरुष राष्ट्रिय क्रिकेट खेलअन्तर्गत फार वेष्ट युनाइटेड र विराटनगर सुपर किङ्सबिच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार जितको लागि अनलाइन बेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न कुमारलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell