PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

गण्डकीमा पाँच दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान



पहिलोपोस्ट

गण्डकीमा पाँच दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

पोखरा : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गरेका छन्।

नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तीका लागि गुरुङले आह्वान गरेका हुन्। सरकार गठनका लागि २०७९ साल पुस २५ गते सोमबार १६:०० बजेभित्र दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मुख्यमन्त्री नियुक्तीका लागि नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नभएकाले उपधारा (२) बमोजिम आह्वान गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell