PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

नेपाल टी २० लिग: काठमाडौँमाथि फार वेस्ट युनाइटेडको सहज जित



पहिलोपोस्ट

नेपाल टी २० लिग: काठमाडौँमाथि फार वेस्ट युनाइटेडको सहज जित
Photo: CAN

काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा फार वेस्ट युनाइटेडले काठमाडौँ नाइट्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा फार वेस्ट युनाइटेडले ८३ रनको सहज जित निकालेको हो।

टस जितेर जितेर ब्याटिङमा उत्रिएको फारवेस्ट युनाइटेडले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९७ रन बनाएको थियो। जसका लागि हसमतुल्लाह शाहिदीले सर्वाधिक ७६ रन बनाउँदा बिनोद भण्डारीले ७३ रन बनाए। त्यस्तै करण केसीले अविजित २२ रन बनाउँदै उमर अली ७ रनमै अविजित रहे। बलिङतर्फ बसीर अहमेदले ३ विकेट लिँदा अभिनास बोहोराले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको काठमाडौँ ११४ रनमा समेटियो। काठमाडौँका लागि कमलसिंह ऐरीले सर्वाधिक २० रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप रजालीले समान १७ रन बनाए। त्यस्तै सुनम गौतमले १६ रन बनाउँदा सन्तोष कार्कीले १२ रन लिए। बलिङतर्फ फार वेस्टका करण केसी, दुर्गेस गुप्ता र हसमतुल्लाह शाहिदीले समान २ विकेट लिँदा प्रकाश जैशी र मिलिन्डा सिरिवर्धनाले समान १ विकेट लिए।

अंकतालिकाको पुछारमा रहेको फारवेस्टको जारी प्रतियोगितामा ८ खेल खेल्दा दोस्रो जित हो। ९ खेलबाट ८ अंक जोडेको काठमाडौँ अंक तालिकाको तेस्रो स्थानमा छ।

आजै सम्पन्न पहिलो खेलमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell