PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

फ्राइडे रिलिज : हरर थ्रिलर ‘चि मुसी चि’ प्रदर्शनमा



पहिलोपोस्ट

फ्राइडे रिलिज : हरर थ्रिलर ‘चि मुसी चि’ प्रदर्शनमा

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा एक मात्र फिल्म प्रदर्शनमा आएको छ। हलमा अन्य फिल्महरु रिलिज नहुँदा नेपाली फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ ले सोलो प्रदर्शनको मौका पाएको हो।

हरर थ्रिलर जनरामा निर्माण भएको यस फिल्मले मल्टिप्लेक्स हलहरुमा उत्साहजनक शो पाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले यस फिल्मलाई ३१ शो उपलब्ध गरेको छ। त्यसैगरी, यस फिल्मले वान सिनेमाजमा ७ शो र बिग मुभिजमा ४ शो पाएको छ।

एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय छ।

फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन्। सिनेमामा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell