PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

आजको मौसम : तराईका अधिकांश भूभागमा कुहिरो



रासस

आजको मौसम : तराईका अधिकांश भूभागमा कुहिरो
फाइल फोटो।

काठमाडौं : देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागमा हुस्सु/कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ।

विभागले तराईका धेरै भू-भागमा बाक्लो हुस्सु लाग्ने, दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ। हाल देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही पश्चिम र मध्य तराइका धेरै भू-भागमा हुस्सु/कुहिरो लागिरहेको छ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव आठ डिग्री सेल्सियस छ। त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव नौ डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell