PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

आज स्वस्थानी व्रतको पहिलो दिन : शालिनदीमा बिहानैबाट बर्तालुको घुइँचो

आज स्वस्थानी व्रतको पहिलो दिन : शालिनदीमा बिहानैबाट बर्तालुको घुइँचो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ। स्वस्थानी व्रतको पहिलो दिन साँखुस्थित शालिनदीमा वर्तालुको घुइँचो लागेको छ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ।

बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।



ट्रेन्डिङ पोस्ट

Ncell