PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

हावाहुरीले हुम्लामा हवाई सेवा अवरुद्ध



पहिलोपोस्ट

हावाहुरीले हुम्लामा हवाई सेवा अवरुद्ध
FILE PHOTO

काठमाडौं : हुम्लामा हावाहुरीले हवाई सेवा अवरुद्ध भएको छ। बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ।

नेपालगंज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन्। जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि दुई दिनदेखि जिल्ला बाहिर जानका लागि उडान हुन नसक्दा हातमा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका छन्। हवाई सेवा बन्द हुँदा नेपालगंज र सुर्खेतदेखि सिमकोट आउने यात्रुसहित कार्गो सामान रोकिएका छन्।

हुम्लादेखि नेपालगंज र सुर्खेत जाने यात्रु तथा नेपालगंज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ।

यसैगरि, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुनसकेको छैन। घाम लागेपछि दिनहुँ बिहान ८-९ बजेपछि मात्र उडान हुँदै आएकोमा बिहीबारदेखि हावाहुरी चल्दा हवाई सेवा अवरुद्ध हुन पुगेको हो।

नेपालगंजबाट हुम्लाका लागि तारा, समिट एयरका जहाजले उडान भर्दै आएका छन्। नेपालगंजबाट हुम्ला पुग्न जहाजलाई करिब ४५ मिनेट समय लाग्छ। हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी रोकिएको छ। यात्रु सिमकोटमै अलपत्र परेका छन्। नेपागंजमा हुस्सु लागेका कारणसमेत हुम्लामा उडान हुन नसकेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell