PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

ज्येष्ठ चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता



पहिलोपोस्ट

ज्येष्ठ चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता

काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर माथिका ज्येष्ठ पत्रकारलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान दिने भएको छ। दिनेश सिटौलाको अध्यक्षतामा बसेको बैठकले प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

६० वर्ष कटेका ज्येष्ठ चलचित्र पत्रकारलाई मासिक सुरक्षा भत्ताका साथै संघको वार्षिक नविकरण शुल्क मिनाहा गरिने समेत बताइएको छ। चलचित्र विधागत पत्रकारिता गर्नेलाई यस निर्णयले उर्जा थप्ने संघका अध्यक्ष दिनेश सिटौलाले बताए।

‘यसले विधागत रुपमा पत्रकारिता गरिरहेकालाई उर्जा मिल्ने विश्वास लिएका छौं। विधागत पत्रकारितामा उहाँले दिनुभएको योगदानको कदर सङ्घले गरेको हो। हामीले कल्याणकारी कोषमार्फत सङ्घका सदस्यहरूको समस्यालाई न्यूनीकरण गर्ने लक्ष्य लिएका छौं।’ उनले भने।

त्यसैगरि, बैठकले चलचित्र पत्रकार संघ नेपालको नवौं महाधिवेशन फागुन १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell