1.jpg)
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दलसँग विश्वासको मतबारे कुनै कुराकानी नभएको बताएका छन्। सर्वदलीय बैठकमा सहभागी भएका नयाँ समीकरणबारे पनि केही कुरा नभएको तर्क गरे।
‘प्रमले हामीसँग विश्वासको मतकाबारेमा छलफल गर्नु भएको छैन,’ अध्यक्ष ठाकुरले भने, ‘नयाँ समीकरणका बारेमा पनि केही कुराकानी भएको छैन।‘
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पहिलो बैठकका लागि एजेन्डा तय गर्न शुक्रवार सर्वदलीय बैठक बोलाएका हुन्। संसदको पहिलो बैठक पुस २५ गते बस्दैछ। पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन्। यही विषयमा छलफलका लागि सर्वदलीय बैठक डाकिएको हो। बैठकमा प्रतिनिधि सभाको नियमावलीका बारेमा कुराकानी भएको ठाकुरले बताए।