PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

विवादबिच 'पठान' को कुन कुन दृश्य भयो सेन्सर?



पहिलोपोस्ट

विवादबिच 'पठान' को कुन कुन दृश्य भयो सेन्सर?

रिलिज हुनुअघि नै विवादमा परेको बलिउड फिल्म ‘पठान’ का केही दृश्य तथा संवाद काटिएका छन्। भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनका अध्यक्ष प्रसुन जोशीले फिल्मको १० दृश्य काट्न आदेश दिएसँगै केही दृश्य र संवाद हटाइएको बलिउड हंगामामा उल्लेख छ।

सेन्ट्रल बोर्डले १० भन्दा बढी दृश्य कटौती गर्न आग्रह गरेको थियो, जसमध्ये अधिकांश संवादसँग सम्बन्धित छन्। दुई ठाउँमा ‘रअ’ शब्दको सट्टा ‘हमरे’ राखिएको छ। ‘लङ्डेलुले’ को सट्टा ‘टुटेफुटे’ राखिएको छ। १३ ठाउँबाट ‘पीएमओ’ शब्द हटाइएको छ ‘प्रधानमन्त्री’ शब्दको सट्टा राष्ट्रपति वा मन्त्री राखिएको छ।

त्यसैगरि, ‘अशोक चक्र’को सट्टा ‘वीर पुरस्कार’, ‘भूतपूर्व केजीबी’ को स्थानमा ‘पूर्व एसबीयू’ र ‘श्रीमती भारतमाता’ शब्द हटाएर ‘हमारी भारतमाता’ राखिएको छ। ‘इसे सस्ती स्कच नही मिली’ संवादमा ‘स्कच’को सट्टा ‘ड्रिंक’ राखिएको छ भने ‘ब्ल्याक प्रिजन, रसिया’को स्थानमा ‘ब्ल्याक प्रिजन’ मात्र लेखिएको छ।

त्यसैगरि, विवादित ‘बेशरम रंग’ गीतमा समेत सेन्सर गरिएको छ। ‘बेशर्म रंग’ गीतमा पनि तीन दृश्य परिवर्तन गरिएको छ। नग्नता र कामुक नृत्यका दृश्यहरू हटाउन सेन्सर बोर्डले भनेको छ। सेन्सर बोर्डले फिल्मलाई युए सर्टिफिकेट दिएको छ।

‘पठान’ को पहिलो ‘बेशर्म रंग’ गीतमा दीपिकाले भगवा रंगको बिकिनी लगाएकी छिन्। ‘भगवा’ रंगको बिकिनी लगाएर दीपिकाले हिन्दूहरूको भावनामा चोट पुर्‍याएको र गीतको भिडियोले अश्लीलता फैलाएको भनि भारतमा हंगामा भएको थियो।

सिद्धार्थ अन्नद निर्देशित यस फिल्ममा शाहरूख र दीपिकाका साथै जोन अब्राहम,  डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय रहेको छ। यो फिल्म सन् २०२३ जनवरी २५ मा हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell