PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

ए डिभिजन लिगका लागि सबै क्लबले बुझाए 'इन्ट्री फर्म'



पहिलोपोस्ट

ए डिभिजन लिगका लागि सबै क्लबले बुझाए 'इन्ट्री फर्म'
Photo: ANFA

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिगका लागि १४ वटै क्लबहरुले इन्ट्री फर्म भरेका छन्। यसअघि ११ क्लबले मात्र फर्म बुझाएकोमा मनाङ मर्स्याङदी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले इन्ट्री फर्म भरेसँगै सबै १४ टोलीले इन्ट्री फर्म बुझाएका हुन्।

योसँगै सबै क्लबहरुले तयारी खर्च वापतको पहिलो किस्ताको १५ लाख रुपैयाँ हात पारेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। यसअघि त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, मछिन्द्र क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार, संकटा, न्युरोड टिम र नेपाल पुलिसले बुधवार इन्ट्री फर्म बुझाएका थिए। एन्फाले क्लबहरुलाई लिग तयारीका लागि कुल ३२ लाख उपलब्ध गराउने जनाएको छ।

ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु गराउने एन्फाको तयारी छ। यसको टाइसिट ड्र माघ २ गते हुने एन्फाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell