
काठमाडौं : बानेश्वरस्थित संघीय संसद भवनमा सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा पुस २५ गते बस्ने पहिलो बैठकको एजेन्डाहरुबारे छलफल भएको हो।
संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार आजको बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकको संचालन प्रक्रियाबारे दलहरुबिच छलफल भएको छ। बैठकमा कसरी अघि बढ्ने भन्नेबारे दलहरले आआफ्नो राय राखेका थिए।
यस्तै, गएको प्रतिनिधिसभामा चलेको नियमावलीबाटै अबको बैठक संचालन गर्नेबारे सहमति भएको छ। पुस २५ गतेको पहिलो बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष र प्रतिनिधिहरुलाई सम्बोधन गर्न दिने निर्माण पनि आज भएको उनले बताए।
उनले सभामुखको निर्वाचनबारे छलफल भए पनि मिति भने नतोकिएको बताए। 'सभामुखको चुनावको मिति यसैदिन भन्ने भएको छैन,' उनले भने, 'दलीय प्रतिनिधित्वका अधारमा बोल्ने समय निर्धारण हुन्छ। बोल्ने समय जम्मा २ घण्टा छुटाउछौं।'