PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

राप्रपाले प्रचण्डलाई विश्वासको मत दिने प्रधानको भनाई, 'कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको आभास छैन'



पहिलोपोस्ट

राप्रपाले प्रचण्डलाई विश्वासको मत दिने प्रधानको भनाई, 'कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको आभास छैन'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले पुस २६ गते आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै विश्वासको मत दिने बताएका छन्।

शुक्रवार नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकपछि प्रधानले उक्त प्रतिक्रिया दिएका हुन्। कांग्रेसले राप्रपालाई प्रधानमन्त्रीको अफर गरेको विषय आफूहरुलाई आभास नभएको उल्लेख गर्दै प्रधानले उक्त भनाई राखेका हुन्।

‘विश्वासको मत वर्तमान प्रधानमन्त्री प्रचण्डलाई नै दिने हो,’ प्रधानले भने, ‘कांग्रेसले प्रधानमन्त्री अफर गरेको आभास हामीलाई अनुभूति भएको छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell