PahiloPost

Jun 24, 2026 | १० असार २०८३

प्रचण्डप्रति माधव नेपाल 'पोजेटिभ', एमालेसँग एकताबारे भने : नजाने गाउँको बाटो नसोध्नु



पहिलोपोस्ट

प्रचण्डप्रति माधव नेपाल 'पोजेटिभ', एमालेसँग एकताबारे भने : नजाने गाउँको बाटो नसोध्नु
फाइल फोटो

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति सकारात्मक रहेको बताएका छन्। नयाँ बानेश्वरमा शुक्रवार भएको सर्वदलीय बैठकपछि नेपालले प्रचण्डप्रति आफू 'पोजेटिभ' भएको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। एकीकृत समाजवादीले विश्वासको पक्षमा मत दिन्छ कि विपक्षीमा? सञ्चारकर्मीको जिज्ञासामा नेपालले भने, 'प्रचण्डप्रति म पोजेटिभ छु। तर विश्वासको मतबारे के गर्ने निर्णय भएको छैन।'

नेपालले पार्टी एकताका लागि जनता समाजवादी पार्टीसँग छलफल भइरहेकोसमेत बताए।

वाम एकताको अभियानमा लागेको एकीकृत समाजवादी माउ पार्टी नेकपा एमालमै फर्कने हो कि? सञ्चारकर्मीले थप जिज्ञासा राख्दा नेपालको जवाफ थियो - नजाने गाउँको बाटो नसोध्नु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell