PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी



पहिलोपोस्ट

सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सभामुखको निर्वाचन आउँदो माघ ७ गते गर्ने तयारी गरेको छ। शुक्रवार बसेको सर्वदलीय बैठकमा सभामुखको निर्वाचनबारे छलफल भएको थियो।

बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने विषयमा छलफल भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। यद्यपि, मिति भने तोकिसकिएको छैन। कांग्रेस प्रमुख सचेतक रमेश लेखकले ७ गते सभामुखको निर्वाचन गराउन दलहरु सहमत भएको बताए। '९ गतेभित्र सभामुखको निर्वाचन गर्नुपर्ने विषयमा छलफल भएको थियो। ७ गते निर्वाचन गराउन सबै दल सहमत छन्,' लेखकले भने।

सभामुखका लागि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ र छविलाल विश्वकर्माको नाम चर्चामा छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell