PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

छोरीलाई रिम्पोछेसँग भेटाउन नेपाल आएँ : जेट लि



पहिलोपोस्ट

छोरीलाई रिम्पोछेसँग भेटाउन नेपाल आएँ : जेट लि

चिनियाँ एवम् हलिउड स्टार जेट लि यसपटक क्रिसमसको विदामा नेपाल आए। ६ दिन उनले योगे मिनगुर रिम्पोछेसँग शिक्षा हासिल गरेका थिए।

आफ्नो क्रिसमस बिदा रिम्पोछेसँग जीवन र बुद्धबारे बुझ्न उनी आफ्नो परिवार सहित नेपाल आएका थिए। आज फेसबुकमार्फत उनले नेपाल आउनुको कारण खुलाए। आफ्नी छोरीलाई नुबपा रिम्पोछेसँग भेटाउन नेपाल आएको लिले बताएका छन्।

नुबपा रिम्पोछेसँग ११ वर्ष अघि सिंगापुरस्थित आफ्नै निवासमा भेटेको भन्दै उनले हाल ८१ वर्षीय रिम्पोछेलाई भेट्न पाउन खुशी लागेको बताए।

'उनको हाँसोले मलाई जहिलै सूर्यको याद दिलाउँछ,' लिले भनेका छन्।

लिले नेपालको पवित्र भूमिहरु घुम्न पाउँदा र महान् गुरुहरुबाट शिक्षा लिन पाउन खुशी लागेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell