PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

संसदीय दलको बैठकअघि देउवा निवासमा छलफलमा जुट्दै कांग्रेस नेताहरु



पहिलोपोस्ट

संसदीय दलको बैठकअघि देउवा निवासमा छलफलमा जुट्दै कांग्रेस नेताहरु

काठमाडौं :  संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे तयारीका लागि भोलि कांग्रेस संसदीय दलको बैठक बस्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले २५ गतेका लागि संघीय संसदको बैठक आह्वान गरेसँगै यसको तयारिमा कांग्रेस जुटेको हो।

कांग्रेस संसदीय दलको बैठक भोलि १ जबे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। उक्त बैठक पूर्व कांग्रेस नेताहरु पार्टी सभापति शेरबहादुर देउवा निवासमा जुटेका छन्।

कांग्रेस सांसदहरु अहिले देउवा निवासमा छलफलका लागि पुगिरहेका छन्। यसैगरी २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन कार्यतालिका रहेको छ। यसका लागि देउवाले शीर्ष नेतादेखि पदाधिकारीलाई समेत छलफलका लागि डाकेका छन्। प्रचण्डलाई विश्वासको मतबाट रोक्न कांग्रेसले तयारीका लागि देउवाले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि छलफलमा डाकेको बताइएको छ। बैठकमा देउवाले २६ गते कसरी प्रस्तुत हुने भन्ने विषयमा दुई महामन्त्रीसँग राय लिने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell