PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अमेरिकाबाट शंकास्पद रुपमा रकम ल्याएको आरोप लागेका शाह समातिए



पहिलोपोस्ट

अमेरिकाबाट शंकास्पद रुपमा रकम ल्याएको आरोप लागेका शाह समातिए

काठमाडौंः विदेशबाट शंकास्पद रुपमा  रकम ल्याएको आरोप लाग्दै आएका पृथ्वी शाहलाई प्रहरीले  पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले शाह सहित ६ जनालाई  पक्राउ गरेको छ। शाहले अमेरिकाबाट ४५ करोड रुपैयाँ भन्दाबढी रकम ल्याएको आरोप लागेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले शाहको शंकास्पद रकमलाई बैधानिकता दिएको भन्दै शर्मा माथि पनि आरोप लागेको छ।

प्रहरीले शाहलाई नियन्त्रणा लिएर अदालतबाट ६ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell