बुटवलः बुटवलमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। स्थानीय युवाहरूको समूहले आक्रमण गर्दा बुटवल -१३ जितगढीका ५५ वर्षीय यमप्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार उनका दुई छोरा दिवस र दिपेश घाइते भएका छन्। शुक्रबार साँझ ५-७ जनाको समूहले यमप्रसादको घरमै गएर आक्रमण गरेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका यमप्रसादलाई बेलबासस्थित एडमण्ड सिटी अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको र संलग्न अरूको खोजी भइरहेको डिएसपी थापाले बताए। घटनापछि प्रहरीले घरपरिवार र आफन्तसँग सोधपुछ गरिरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको थापाले बताए।