PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सामाखुसीको आगलागी एक घन्टामा नियन्त्रणमा, चार दमकलको प्रयोग

सामाखुसीको आगलागी एक घन्टामा नियन्त्रणमा, चार दमकलको प्रयोग

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः काठमाडौंको सामाखुसीमा भएको आगलागी नियन्त्रणमा आएको छ। सामाखुसी चोकबाट टोखा जाने सडकखण्डमा रहेको आकाश जोगिनी पेट्रोल पम्पसँगै रहेको टहराहरुमा आगलागी हो। साँझ ८ बजे आगलागी भएको हो।

आगलागी नियन्त्रणका लागि बालाजु औद्योगिक क्षेत्र, बूढानीलकण्ठ नगरपालिका र नेपाल प्रहरीका गरी ४ वटा दमकल र ५ वटा पानी ट्याङ्करसमेत प्रयोग गरिएको थियो।

आगलागी नियन्त्रणमा सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समेत गरेर १७५ जना परिचालन भएका थिए। करिब एक घन्टामा आगलागी नियन्त्रणमा लिइएको थियो।

घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell