PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

शिक्षिकालाई गोली हानेपछि भर्जिनियामा ६ वर्षीय बालक प्रहरीको हिरासतमा



पहिलोपोस्ट

शिक्षिकालाई गोली हानेपछि भर्जिनियामा ६ वर्षीय बालक प्रहरीको हिरासतमा
Photo: WTVR

भर्जिनियाको न्युपोर्ट न्यूजस्थित रिकनेक इलिमेन्टरी स्कुलमा शुक्रवार दिउँसो एक शिक्षिकालाई गोली हानेपछि ६ वर्षीय बालकलाई प्रहरीले हिरासतमा लिएको छ। प्रहरी प्रमुख स्टिभ ड्र्युले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको सीएनएनले उल्लेख गरेको छ।

‘उक्त व्यक्ति एक ६ वर्षीय विद्यार्थी हो। उ अहिले प्रहरीको हिरासतमा छ’, ड्रुले भने, ‘हामी हाम्रो अधिवक्ता र केही अन्य निकायहरूसँग सम्पर्कमा रहेका छौं ताकि हामीले उसलाई उत्कृष्ट सेवाहरू दिन सकौँ।’

उक्त शिक्षिकालाई कक्षाकोठाभित्र गोली हानिएको र ‘यो घटना अञ्जानमा नभएको’ ड्रुले बताए। शिक्षिका र विद्यार्थीबिच झगडा भएको र बन्दुक बोकेका विद्यार्थीले एक राउण्ड फायर गरेको प्रहरी प्रमुखले बताए।

पहिले शिक्षिकाको अवस्था गम्भीर रहेको बताएका ड्रुले शुक्रवार साँझ ‘आफूले प्राप्त गरेको पछिल्लो अपडेटमा केही सुधार भएको’ जानकारी दिए। अन्य विद्यार्थीको घटनामा संलग्नता नरहेको उनको भनाइ थियो। उनले अनुसन्धान जारी रहेको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell