PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

प्रचण्डलाई विश्वासको मत दिने कि नदिने? कांग्रेसले पुस २६ गते बिहान निर्णय लिने



पहिलोपोस्ट

प्रचण्डलाई विश्वासको मत दिने कि नदिने? कांग्रेसले पुस २६ गते बिहान निर्णय लिने

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक सम्पन्न भएको छ। पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बनेपछि आज पहिलोपटक बैठक बसेको हो।

आजको बैठकमा संसदीय दलका नेता देउवा र प्रमुख सचेतक रमेश लेखकले भनाई राखेका थिए। प्रमुख सचेतक लेखकले आजको बैठक प्रारम्भिक भएको बताए।

'दलको प्रारम्भिक बैठक हो। अर्को बैठक पुस २६ गते ९ बजे बस्ने गरि सकिएको हो,' उनले भने।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्।

आजको बैठकमा संसदमा कसरी प्रभावकारी ढंगले प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको कांग्रेस सांसद प्रतिमा गौतमले जानकारी दिइन्। आजको बैठक संसदीय सोही  बैठकले सरकारलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्ने गौतमले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell