PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रचण्ड सरकारलाई राजेन्द्र पाण्डेले भने : खिचडी सरकार



पहिलोपोस्ट

प्रचण्ड सरकारलाई राजेन्द्र पाण्डेले भने : खिचडी सरकार

जनकपुरधाम : नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको उपनेता राजेन्द्र पाण्डेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई खिचडीको संज्ञा दिएका छन्। उनले संघीयता रुचाउने - नरुचाउने, राजा ल्याउने-फ्याँक्ने विचारधाराका दलहरु एक साथ रहेको भन्दै अहिलेको सरकार खिचडी सरकार रहेको आरोप बताएका हुन्।

उनले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मतदिने अथवा नदिने विषयमा पुस २६ मा मात्र निर्णय गर्ने समेत बताएका छन्। अहिलेसम्म प्रचण्डले व्यक्तिगत रुपमा विश्वासको मत मागे पनि पार्टीगतरुपमा नमागेकाले यस सम्बन्धमा पुस २६ गते नै बैठक बसेर निर्णय गर्ने उनले बताए।

उनले प्रचण्डलाई विश्वासको मत दिएर पार्टी बाहिर बस्नसक्ने समेत बताएका छन्। वर्तमान सरकारले ल्याउने नीति तथा कार्यक्रमको आधारमा समेत विश्वासको मत दिने अथवा नदिने भन्ने विषयको निर्णय हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell