PahiloPost

Jun 24, 2026 | १० असार २०८३

वाम एकताका लागि माओवादीले बनायो कार्यदल, संयोजकमा महरा



पहिलोपोस्ट

वाम एकताका लागि माओवादीले बनायो कार्यदल, संयोजकमा महरा

काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले वाम एकताका लागि कार्यदल गठन गरेको छ। उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा समिति गठन गरेको हो। शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयको बैठकले कार्यदल गठन गरेको हो। 

कार्यदलमा नेताहरु देव गुरुङ, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन्। 

बैठकले अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई पुस २६ मा सदनमा विश्वासको मत दिन अन्य दलहरुलाई अपिल गर्ने पनि निर्णय गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell