
काठमाडौंः सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा निरौलाले वरिष्ठ अधिवक्ता तुलसी भट्टराई पराजित गरेका हुन्। निरौलालाई नेपाली कांग्रेस निकट कानुन व्यवसायीको संगठनले उम्मेदवार बनाएको थियो। भट्ट वर्तमान सत्ता गठबन्धन दल निकटका कानुन व्यवसायी संगठनबाट उम्मेदवार बनेका थिए।
निरौलाले २८९ मत पाएका छन्। भट्टले २७५ मत पाए। यस्तै, उपाध्यक्षमा जगदीशचन्द्र पाण्डे निर्वाचित भएका छन्।
सचिवमा श्यामकुमार खत्री, सहसचिवमा सुजन लोप्चन, कोषाध्यक्षमा कपिलचन्द्र पोखरेल विजयी भएका छन्।
महिला सदस्यमा सिर्जना कँडेल निर्वाचित भएकी छन्।
खुला सदस्यहरुमा उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत। सुमनकुमार केसी, प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी विजयी भएका छन्।