PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

आहा रारा गोल्डकपको उपाधि संकटा क्लबलाई



पहिलोपोस्ट

आहा रारा गोल्डकपको उपाधि संकटा क्लबलाई
Photo: Sankata Club

काठमाडौँ: संकटा क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ। पोखरा रंगशालामा आज सम्पन्न फाइनल खेलमा भुटनिज युथ सकर क्लबलाई ३-२ गोलअन्तरले हराउँदै संकटा क्लब च्याम्पियन बनेको हो।

खेलको ८ औं मिनेटमा सुरज जिउ ठकुरीको गोलमा संकटा क्लबले अग्रता बनाएको थियो। त्यस्तै ३५ औं मिनेटमा मेसुके ओलोमोउले गोल थप्दै संकटालाई दुई गोलले अघि बढाए। तर, ३७ औँ मिनेटमा रेन सान्टिलोनले भुटनिज युथका लागि गोल फर्काए। त्यस्तै पहिलो हाफकै इन्ज्युरी समयमा विलिस ग्रिफितले भुटनिज युथका लागि अर्को गोल फर्काउँदा पहिलो हाफ २-२ गोल बराबरीमा टुंगियो। दोस्रो हाफमा दुबै टिमले गोल फर्काउन नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा संकटा क्लबलाई जित दिलाउन सुनिल बलले निर्णायक गोल गरे। उनले खेलको ११७ औं मिनेटमा गोल गर्दै संकटाले ३-२ गोलअन्तरले जित दिलाए।

जितसँगै संकटा क्लबले १२ लाख रुपैयाँ जितेको छ। संकटाका कप्तान सुनिल बल सर्बोत्कृष्ट खेलाडी चुनिए। उपविजेता भुटनिज युथले ६ लाख प्राप्त गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell