PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

शीर्षस्थान पुग्ने अवसरबाट चुक्यो रियल मड्रिड



पहिलोपोस्ट

शीर्षस्थान पुग्ने अवसरबाट चुक्यो रियल मड्रिड
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड भिल्ला रियलसँग पराजित भएको छ। एल मड्रिगल स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली भिल्ला रियलले रियल मड्रिडलाई २-१ गोलअन्तरले हराएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४७ औं मिनेटमा येरेमी पिनोको गोलमा घरेलु टोलीले अग्रता बनाएको थियो। तर, ६० औं मिनेटमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै मड्रिडका करिम बेञ्जेमाले गोल फर्काए। तर, लगत्तै भिल्ला रियलले पनि पेनाल्टीको अवसर पायो। जसलाई गोलमा परिणत गरे गेरार्ड मोरेनोले ६३ औं मिनेटमा। दुबै पेनाल्टी पेनाल्टी क्षेत्रभित्र ह्याण्डबल भएपछि प्राप्त भएको थियो। र, यसपछी दुबै टोलीले जित निकाल्न नसक्दा भिल्ला रियलले २-१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै १६ खेलबाट २७ अंक जोडेको भिल्ला रियल तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। रियल मड्रिड भने शीर्षस्थान उक्लने अवसरबाट चुकेको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाले १५ खेलबाट ३८ अंक जोड्दा मड्रिडले १६ खेलबाट समान ३८ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell