PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

आजको मौसम : केही स्थानमा आंशिक बदलीको सम्भावना



रासस

आजको मौसम : केही स्थानमा आंशिक बदलीको सम्भावना

काठमाडौं : देशको केही स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। बिहानीपख तराईका धेरै भू-भागहरूमा हुस्सु-कुहिरो लाग्ने सम्भावना छ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया रहने बताइएको छ। हाल देशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लागिरहेको अवस्था छ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २० दशमलव दुई डिग्री सेल्सियस रहेको छ। त्यस्तै, आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइन एक दशमलव पाँच डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २३ दशमलव छ डिग्री सेल्सियस रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell