PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

काठमाडौं आइपुगे नयाँ चिनियाँ राजदूत चेन सोङ, 'नयाँ युगमा दुई देशबिच साझा भविष्य निर्माण गरौं'

काठमाडौं आइपुगे नयाँ चिनियाँ राजदूत चेन सोङ, 'नयाँ युगमा दुई देशबिच साझा भविष्य निर्माण गरौं'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ काठमाडौं आइपुगेका छन्। हउ यान्छी कार्यकाल सकाएर फर्किएपछि चिनियाँ दूतावास राजदूत बिहीन थियो। लामोसमय सम्म चिनियाँ दूतावासको नेतृत्व चार्ज दी अफेयर्स (सीडीए) वाङ सिनले गरिरहेका थिए।

नेपालमा सरकार परिवर्तन भएर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि नयाँ राजदूत काठमाडौं आएका हुन्।

काठमाडौं ओर्लिएपछि विज्ञप्ती जारी गर्दै उनले नेपाल र चीनका समुदायबिच संयुक्त रूपमा नयाँ युगमा साझा भविष्य निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल र चीनलाई हिमाल र नदीले जोडेको भन्दै उनले दुई देशबिचको सम्बन्ध अटुट रहेको बताएका छन्। उनले नेपाल र चीनबिच ऐतिहासिक सम्बन्ध रहेको समेत बताएका छन्। कोरोना भाइरस संक्रमणको बेलामा चीनले नेपाललाई सहयोग गरेको पनि उनले सम्झेका छन्।

नवनियुक्त राजदूत सोङले नेपालसँगको सम्बन्ध बेल्ट एन्ड रोड इनिसिएटिभ र ग्लोबल डेभलम्पेन्ट इनिसिटिभ परियोजनसँगै थप बलियो भएको बताएका छन्। साथै, ट्रान्स हिमालयन मल्टी डाइमेन्सेनल कनेक्टिभिटी नेटवर्कले पनि आकार लिँदै गइरहेको उनले उल्लेख गरेका छन्।

सि चिनफिङको नेतृत्वमा रहेको चीनले नेपालमा बनेको नयाँ सरकारलाई साथ र सहयोग गरिरहने उनले बताएका छन्। नेपालको सार्वभौमसत्ता र राष्ट्रियताको लागि चीनले सदा नेपाललाई सहयोग गरिरहने उनले बताएका छन्। नेपालसँगको मित्रतालाई थप अटुट बनाइरहन चीनले चाहेको उनले उल्लेख गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell