PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

टपगनलाई उछिन्दै ‘अवतार : द वे अफ वाटर’ बन्यो सर्वाधिक कमाउने फिल्म



पहिलोपोस्ट

टपगनलाई उछिन्दै ‘अवतार : द वे अफ वाटर’ बन्यो सर्वाधिक कमाउने फिल्म

हलिउड फिल्म ‘अवतार:  द वे अफ वाटर’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। जेम्स क्यामरुन निर्देशित फिल्मले २३ दिनमा विश्वभरि एक अर्ब ५५ करोड अमेरिकी डलरको व्यापार गरेको छ।

योसँगै 'अवतार २' को व्यापारले सन् २०२२ मा रिलिज भएको फिल्म ‘टपगन: मेभेरिक’ लाई पछि पारेको छ। फिल्म ‘टप गन’ ले विश्वभरबाट एक अर्ब ४८ करोड डलर कमाएर सन् २०२२ मा धेरै कमाउने फिल्म बनेको थियो।

यस्तै, यो फिल्म विश्व फिल्म इतिहासमा सर्वाधिक कमाई गर्ने नवौं फिल्म बनेको छ। क्रिसमस र अंग्रेजी नयाँ वर्षको विदाको समयका कारण फिल्मले यो उपलब्धि हासिल गरेको हो। साथै यो फिल्म कोरोना महामारीपछि धेरै पैसा कमाउने दोस्रो फिल्म हो। यसअघि महामारीपछि रिलिज भएको ‘स्पाइडरमेन : नो वे होम’ ले एक अर्ब ९१ करोड डलर कमाएको थियो।

फिल्म ‘अवतार : द वे अफ वाटर’ सन् २००९ मा रिलिज भएको ‘अवतार’ को सिक्वेल हो। जुन अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म हो। जसले विश्वभरिबाट २ अर्ब ९२ करोड अमेरिकी डलर व्यापार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell