PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

ललितपुरमा १७ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा एक किशोर समातिए



पहिलोपोस्ट

ललितपुरमा १७ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा एक किशोर समातिए

काठमाडौं : एक किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुली फिक्कल गाउँपालिका-६ घर भइ हाल ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने १९ वर्षीय बेध बहादुर नेपाली शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

बेध बहादुरले ती किशोरीलाई पुस १६ गते धापाखेलस्थित आफ्नै टहराभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell