PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

विश्वासको मतका लागि माधव नेपाल र उपेन्द्र यादवसँग प्रचण्डले गरे छलफल



पहिलोपोस्ट

विश्वासको मतका लागि माधव नेपाल र उपेन्द्र यादवसँग प्रचण्डले गरे छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी,नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन्। आइतवार नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड, नेपाल र यादवबिच छलफल भएको हो। दुवैजना अध्यक्षसँगको छलफल सकारात्मक भएको प्रचण्डको सचिवालयले जनाएको छ। 

पुस २६ गते प्रचण्डले विश्वासको मत लिँदैछन्। ७ दल र ३ स्वतन्त्र गरि १६९ जना सांसदको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डको पक्षमा कुन कुन दलले विश्वासको मत दिन्छन् भन्ने एकिन भइसकेको छैन। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टी सरकार सहभागी भइसकेका छन् भने गठबन्धनका अरु ३ दल राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएका छैनन्।

एकीकृत समाजवादी र जसपा दुवैले परिस्थिति हेरेर मात्रै सरकारलाई समर्थन गर्ने नगर्ने निर्णय गर्ने बताइरहेका छन्। जसपाले राजनीतिक समितिलाई सरकारलाई विश्वासको मत दिने/नदिने निर्णय गर्ने अधिकार दिएको छ भने एकीकृत समाजवादीले सचिवालयलाई उक्त निर्णय गर्ने अधिकार दिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि संघीय संसदको अधिवेशन बोलाएकी छिन्। पहिलो बैठकमा दलका दलका अध्यक्षहरुले बोल्नेछन्।

यस्तै प्रतिनिधि सभा नियमवाली तत्कालका लागि पुरानै काम चलाइने संसद सचिवालयले जनाएको छ। विश्वासको मत लिने दनको बैठकमा सबै दलका नेताले पक्ष विपक्षमा बोल्नेछन्। मत विभाजनका आधारमा विश्वासको मत प्रचण्डले पाए नपाएको निर्क्यौल गरिने संसद सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell